ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेचीनगरमा ‘न्युट्रेला’ उद्योग सञ्चालनमा

२०७८ असोज, ८  
प्रदेश ०१
NA

झापा । मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रू. तीन करोडको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा शुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युट्रेला’ उत्पादन गर्दै आएको छ ।

भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युट्रेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए ।

तरकारी र अचारको रूपमा प्रयोग गरिने ‘न्युट्रला’ बच्चादेखि वृद्धवद्धासम्मले मन पराउँछन् । उद्योगमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् ।

‘स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरूकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्युट्रेला उत्पादन शुरू गरेका छौैं,’ सञ्चालक घिमिरेले भने, ‘निकट भविष्यमा नन्दा कर्नफ्लेक्स र चोकोफोनको समेत उत्पादन गर्छौं ।’

इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक २ हजार केजी न्युट्रेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि १ हजार केजी मात्र उत्पादन गर्दै आएको बताए । यहाँ उत्पादित न्युट्रेला स्थानीय बजारमै खपत भइरहेको उनको भनाइ छ । एक महीनाअघि सञ्चालनमा आएको उद्योगबाट उत्पादित न्युट्रेला दशैं, तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमा समेत पठाउने तयारी गरिरहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्