ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

२०७८ असोज, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार असोज १० गतेसम्म रहेको छ । 

कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ । 

कम्पनीले सभा बिहान ११ बजे थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया [1]
User Image

Sujan

[Sep 24, 2021 06:25am]

<a href="https://barala.com.np/">wow</a> 10% bonus.


प्रतिक्रिया दिनुहोस्