ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ शनिवारबाट शुरु हुँदै

२०७८ असोज, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाण्डौ । एनसेल फोरजीका साथ ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ शनिवारबाट शुरु हुँदैछ।

नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ एनसेलले नयाँ संस्करणको ईपीएलबाट देशमा क्रिकेटको विकासका लागि योगदान हुने बताएको छ ।  यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध रहेको छ ।

साथै कम्पनीले आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने पनि बताएको छ।  क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्।

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सृजना गर्दै उनीहरूलाई अन्तरराष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ।
यो खेल विश्वका १५५ ओटा देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने पनि कम्पनीले बताएको छ। ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तरराष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए ।

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ।  

 पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी  पनि यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन्। ‘नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु’, उनले भनेका छन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्