ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घरेलु तथा साना उद्योग कार्यालय लमजुङद्वारा ४९ ओटा घरेलु उद्योग खारेज

२०७८ असोज, ८  
गण्डकी प्रदेश
Image Not Found

असोज ८, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ४९ ओटा घरेलु उद्योग खारेज गरेको छ । 

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ ओटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा ६ ओटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जानकारी दिएको छ । 

त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए । 

उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौ तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्