ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए १४७६ जना कोरोना संक्रमित, १५५० जना संक्रमण मुक्त

२०७८ असोज, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ५७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी कुल १ हजार ४७६ कोरोना भाइरसको संक्रमण देखिएको हो । 

त्यस्तै सोही अवधिमा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ५५० जना निको भएसँगै हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्