ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कञ्चनपुरमा मन्दिरमा चढाएको घण्टी नै विक्री 

प्रहरीको छापापछि फेला परे 

२०७८ असोज, ९  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज ९, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरमा चढाइएको घण्टीहरु विक्री गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले नै लिलाम गरी भक्तजनले मन्दिरमा चढाएका घण्टीहरु विक्री गरेको पाइएको हो । 

शनिवार महेन्द्रनगरस्थित ठकुराठी भाडा पसलमा प्रहरीले छापा हान्दा उक्त घण्टी फेला परेका हुन् । करीब साढे छ क्युन्टल बराबरका उक्त घण्टी सिद्धनाथ मन्दीर व्यवस्थापन समितिले नै बेचेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठकुराठीको गोदामबाट ठूला परिमाणमा घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवक्ता सिद्धराज न्यौपानेले घण्टी नियन्त्रण लिइएको र त्यसबारे थप अनुसन्धान भइरहेको बताए । 

ठकुराठीका सञ्चालक पदम ठकुराठीले आफूहरुले मन्दिर समितिबाट नै घण्टी किनेर ल्याएको बताए । उनले मन्दिर व्यवस्थापन समितिले विक्रीका लागि सूचना जारी गरेपछि आफूहरुले खरीद गरेको बताए । त्यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंह भण्डारीले पनि समितिले नै घण्टी बेचेको स्वीकार गरे । 

उनले मन्दिर व्यवस्थापन समितिको निणर्यबाट हरेक वर्ष घण्टी बेच्दै आएको बताए । ‘हामीले मन्दिर व्यवस्थापन समितिको साधारण सभाबाट निर्णयबाट घण्ट बेचेको हौँ ।’ अध्यक्ष्य भण्डारीले भने ‘पुराना घण्टीहरुलाई व्यवस्थापन गर्न नसकिने भएकाले बेचिएको हो, सोही पैसाले ठूलो घण्टी किन्छौँ, त्यो पैसा समितिकै खातामा छ ।’

नाम समेत लेखेर मन्दिरमा चढाएका घण्टी विक्री भएको पाइपछि स्थानीय चिन्तित भएका छन् । पुरातात्वतिक सम्पत्तिको रुपमा रहेने घण्टीहरु विक्री गरेपछि धार्मीक आस्था माथी नै प्रहार भएको स्थानीयको बुझाइ छ । भारतमा रहेको पुर्णागिरीको दर्शनपछि सिद्धनाथको दर्शन गरे मात्रै मनोकांच्छा पूरा हुने धार्मीक विश्वास रहि आएको छ । 

सोही कारण वर्षेनी लाखौँ भारतीय धार्मीक पर्यटक यहाँ दर्शनका लागि आउने गरेका छन् । उनीहरुले भाकल अनुसार मन्दिरमा ध्वजा, घण्टी, त्रिशुल लगायतका सामग्री चढाउने गरेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्