ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लरी चालक अभाव कम गर्न आप्रवासन नियम फेरेर चालक झिकाउँदै बेलायत

२०७८ असोज, ९  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ९, लन्डन (बेलायत) । देशभर लरी चालकको चरम अभाव कम गर्न बेलायतले आप्रवासन सम्बन्धी नियममा परिवर्तन गरेर विदेशबाट चालक झिकाउन लागेको छ ।

सरकारले विदेशी लरी चालकहरूलाई बेलायतमा काम गर्न समह बनाउनका लागि आइतवार अस्थायी भिसा योजनाको विवरणहरु सार्वजनिक गर्दैछन् । आप्रवासन सम्बन्धी नियममा गरिने कुनै पनि परिवर्तन सीमित समयका लागि हुनेछ बताइएको छ । यस नियमअन्तर्गत देशभित्र प्रवेशको अनुमति दिइने कामदारको संख्यामा पनि सीमा तोकिनेछ ।

यस नियम अन्तर्गत करीब ५ हजार प्रवेशाज्ञा जारी हुन सक्ने अनुमान गरिएको छ । लरी चालकहरूको अभावका कारण बेलायतमा इन्धनको आपूर्ति प्रभावित भएको छ । यसले गर्दा केही पेट्रोल पम्पहरू बन्द भएका छन् भने तेल हाल्न पेट्रोल पम्पहरुमा लामो लाइनमा बस्नु पर्ने अवस्था छ।

बेलायतमा करीब १ लाख ठूला सवारी साधनका लागि चालकको अभाव रहेको अनुमान रोड होलेज एशोसिएशनको छ । कोरोना भाइरसको महामारी र ब्रेक्जिटका कारण यो समस्या झनै चुलिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्