ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोभिड विरुद्धको खोपको ८० लाख मात्रा अक्टोबरमा निर्यात गर्दै भारत 

२०७८ असोज, ९  
अन्तरराष्ट्रिय
Image Not Found

असोज ९, नयाँ दिल्ली (भारत) । भारतले कोरोना भाइरस विरुद्धको खोपको ८० लाख मात्रा निर्यात गर्ने भएको छ । 

विदेशमा खोप निर्यातमा लगाइएको प्रतिबन्ध सकिएपछि अक्टोबरको अन्त्यमा सो मात्रामा खोप निर्यात गरिने विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले शनिवार बताएका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिङ्टनमा आयोजित क्वाड बैठकमा निर्यात थाल्ने बाचा गरेका छन् । जोन्सन एनड जोन्सनको एक मात्रा मात्रै प्रयोग गरे पुग्ने ८० लाख मात्रा मध्ये अधिकांश खोप एशिया–प्रशान्त क्षेत्रका देशहरुमा पठाइने विदेश सचिव हर्षवर्धन शृङ्लाले शनिवार पत्रकारहरुलाई भनेका हुन् । 

यो अक्टोबरको अन्त्यमा तयार हुने र यो क्वाडको तर्फबाट हिन्द–प्रशान्त क्षेत्रमा तत्कालै पठाइने उनको भनाइ छ । भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो । 
यस वर्षको शुरुमा भारतले सन् २०२२ को डिसेम्बरसम्ममा एक अर्ब मात्रा खोप निर्यात गर्ने बाचा गरेको थियो । तर कोरोना भाइरसको संक्रमण विष्फोटक रुपमा भारतमा फैलिएपछि सरकारले मेमा खोपको निर्यातमा प्रतिबन्ध लगायो । यही हप्ता भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्