ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

३ करोड लागतमा बीउ उद्योग स्थापना

२०७८ असोज, १०  
कर्णाली प्रदेश
Image Not Found

सुर्खेत (अस) । कर्णाली प्रदेशमै पहिलोपटक निजीक्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शीतल एग्रो बिजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो ।

करीब ३ करोड लागत रहने उद्योगका लागि मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको कम्पनीका अध्यक्ष सूर्यनाथ योगीले बताए । पहिलो चरणमा करीब ३० लाख लागतमा सञ्चालन गरिएको उद्योगबाट ३० प्रकारका बीउ बिजन तयारी गरी बजारमा पठाइएको छ ।  

कर्णालीका विभिन्न जिल्लामा कृषि समूह, सहकारी तथा संस्थाद्वारा उत्पादित मूल बीउलाई संकलन गरी प्रशोधन गरेर आन्तरिक तथा अन्तररष्ट्रिय बजारमा पु¥याउन उद्योग स्थापना गरिएको कम्पनीका अध्यक्ष योगीले बताए । ‘कर्णालीमा उत्पादित बीउ बिजनको माग देशमा मात्र होइन, विदेशमा समेत उच्च छ,’ उनले भने, ‘आन्तरिक माग सम्बोधन गर्दै निर्यात गर्ने लक्ष्य छ ।’

उद्योग सञ्चालनमा ल्याउन पहिलो चरणमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय मार्फत १४ लाख २५ हजार र कम्पनीको १५ लाख ४० हजार खर्च भएको कम्पनीका अर्का सञ्चालक डिल्लीप्रसाद पाण्डेले बताए । विभिन्न जातका बीउ बिजन उत्पादनसँगै जडीबुटी संकलन, प्रशोधन गर्ने उद्योगको रूपमा विकास गर्ने भावी योजना रहेको उनको भनाइ छ ।

बिहीवार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्राले उद्योगको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले भौगोलिक तथा जैविक वातावरणका कारण कम उत्पादन भए पनि कणालीमा उत्पादित बीउको माग तथा बजार राम्रो रहेको बताए । बीउ बिजन उत्पादनका क्षेत्रमा लगानी गर्न चाहने उद्यमीका लागि कर्णाली प्रदेश सरकारले पाँचवर्षे लाभकारी योजना ल्याएको जानकारी समेत उनले दिए ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख भोजराज सापकोटाले बीउ बिजन उत्पादनका क्षेत्रमा संघीयतापछि तीन तहका सरकारी एजेन्सी बीच समन्वय नहुँदा केही समस्या देखिए पनि अब एकीकृत रूपमा अगाडि बढ्न आवश्यक रहेको औंल्याए । कर्णालीका दशओटै जिल्लामा कृषिको प्रचुर सम्भावना रहेकाले बीउ बिजन उत्पादनमा निजीक्षेत्रको सहभागिता थप बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर केसीले साना–साना उद्यमबाटै ठूलो उद्योग स्थापना हुने भएकाले निर्देशनालय कृषकसँगै कृषिक्षेत्रमा लगानी गर्न चाहने उत्साही उद्यमीसँग हातमालो गर्न तयार रहेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कणालीलाई अग्र्यानिक प्रदेश बनाउने कर्णाली सरकारको घोषणा अब व्यवहारमै कार्यान्वयन गर्ने बेला आएको बताएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्