ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा

२०७८ असोज, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  । उक्त शाखा उद्घाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरे ।

कार्यक्रममा मह जोडीले कञ्चनबारीमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ कारोबार सहज हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्‍याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए । बैंकले हाल १०६ शाखा, ९६  एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्