ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा १६.६२ अंकले बढ्यो नेप्से परिसूचक

२०७८ असोज, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६ दशमलव ६२ अंक बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८३६ दशमलव ३६ पुगेको छ । उक्त अवधिमा कारोबारमा आएका ४४ ओटा कम्पनीको २१ हजार १४७ कित्ता शेयरको रू. ९१ लाख ४७ हजार ११४ बराबरको शेयर खरीदविक्री भएको हो ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको भएको छ । उक्त बैंकको रू. २१ लाख ७१ हजार २५० बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी कारोबारमा आएका ४४ ओटा कम्पनीमध्ये ३४ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने आठ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

त्यसैगरी एउटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्