ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री 

२०७८ असोज, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री 
भएको छ ।

कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये कामना सेवा विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा  कम्पनीको रू. १० करोड २१ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०४ मा कारोबार भएको छ । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश गरेर कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्