ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल ब्यालेन्स फण्ड - २ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग 

२०७८ असोज, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा नबिल ब्यालेन्स फण्ड -२ सहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग  रहेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । नबिल ब्यालेन्स फण्ड २,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,सानिमा बैंक,एनआईसी एशिया ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।

 ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड - २ को इकाईमा १७ लाख ६० हजार ६८२ इकाई खरीद माग रहेको छ । 

उक्त फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेकाले पनि खरीद माग उच्च रहेको हो । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्न का लागि भोलि असोज ११ गते बुक क्लोज गरेसँगै आइतवारसम्म इकाईधनीले लाभांश पाउनेछन् । 

त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको शेयरमा २ लाख ८१ हजार ८२६ कित्ता,सानिमा बैंकको १ लाख ९६ हजार ८७४ कित्ता,एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ८४ हजार १७३ इकाई र नबिल इक्विटी फण्डको इकाईमा १ लाख ७० हजार ५१९ इकाई खरीद माग रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्