ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार बल्ल सूचीकृत भएको छ । 

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महीना पछि बल्ल कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्कासन गरेको शेयर गत भदौ ७ गते बाँडफाँट गरेको थियो ।

कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र ७ लाख कित्ता  संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो ।

आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएकाले सोमवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्