ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर असोज १ गतेदेखि लिलामीमा खुला गरिरहेको छ ।

 बैंकले उक्त कम्पनीको ७० हजार ६६९ कित्ता शेयर संस्थापक शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका गर्नका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघ/ संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीमा शेयरमा आवेदकले असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

इच्छुक आवेदकले न्यूनतम रू. ५०१ तोकिएको हुँदा सो वा सोभन्दा मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने जानकारी गराएको छ ।

 विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी आवेदन पेश गर्नुपर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्