ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा असोज १९ गते हुँदै

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२औं र १३औं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान ११:३० बजे नेपाल विद्युत् प्राधिकरण, दरबारमार्गमा जुम माध्यमबाट हुने जानकारी गराएको हो । सभाले आयोजना प्रभावित दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, आव २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिशत वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज ४ गते (एक दिन) बन्द गरेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्