ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना सार्वजनिक

२०७८ असोज, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । 

अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरीद गर्दा विशेष छूट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार सम्मको छूट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम  रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । 

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना यही असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ । 

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिदा रू. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ ओटा कार्यालय तथा ९७ ओटा एटिएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छूटको व्यवस्था गरेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्