ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२.१७ % ले घट्यो बजार, ६ अर्ब ५० करोड बराबरको शेयर खरीदविक्री 

२०७८ असोज, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव १७ प्रतिशत अर्थात् ६१ दशमलव २७ अंकले घटेको छ । 

यो दिन नेप्से परिसूचक २ हजार ७५८ दशमलव ४८ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २३३ ओटा कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयरको रू. ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० बराबरको खरीदविक्री भएको हो । 

कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव २१ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसचूक घटेसँगै समग्र नेप्से घटेको हो ।

यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको शेयर खरीदविक्री भएको हो । 

त्यसैगरी दोस्रोमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको रू. ३१ करोड ८८ लाख ९९ हजार बराबरको संस्थापक शेयर खरीदविक्री भएको छ । यो दिन सर्वाधिक शेयरमूल्य बढ्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४४८ दशमलव ९० पुगेको हो । त्यसैगरी शेयरमूल्य घट्नेमा सबैभन्दा बढी आइसीएफसी फाइनान्सको रहेको छ । यो दिन उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९८ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६० मा झरेको हो । 

आइतवार अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्य घटेसँगै वित्त समूहको परिसूचक सबैभन्दा बढी अर्थात् ५ दशमलव ८९ प्रतिशतले घटेको छ । त्यसैगरी लगानी समूहको परिसूचक ३ दशमलव ३८ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव ३७ प्रतिशत,माइक्रोफाइनान्स समूहको २ दशमलव २९ प्रतिशत,अन्य समूहको २ दशमलव ४८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७७ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव ८५ प्रतिशतले घटेको छ ।

त्यसैगरी हाइड्रोपावर समूहको ४ दशमलव ३ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ६९ प्रतिशत,व्यापार समूहको ३ दशमलव १५ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत घटेको छ । 

नेप्से पछिल्लो समय घट्दा २ हजार ६१४ विन्दुसम्ममा आएको थियो । त्यसपछि बढेको बजारमा अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गरेकाले बजार घटेको देखिन्छ । लगानीकर्ताले जोखिम बहन गर्ने क्षमता,कम्पनीको नाफा र प्रतिशेयर आम्दानी हेरेर लगानी गर्नुपर्ने हुन्छ । त्यसोत अव लाभांशको सिजन शुरु भइसकेको छ । विभिन्न कम्पनीहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्