ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ८३४ जना कोरोना संक्रमित, १२७९ जना संक्रमणमुक्त  

२०७८ असोज, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । नेपालका विगत २४ घण्टामा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ५ ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । यसैगरी विगत २४ घण्टामा १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । उक्त मन्त्रालयका अनुसार हालसम्म ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ । मन्त्रालयका अनुसार हाल १७ हजार ८१३ जना होम आईसोलेशनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आईसोलेशनमा रहेका छन् । मुलुकका विभिन्न स्थानका अस्पतालहरुमा अहिले ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 यसैबीच विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ जना संक्रमित थपिएका छन् ।

सो अवधिमा काठमाडौं जिल्लामा सबैभन्दा बढी  अर्थात्  २३२ जना संक्रमित थपिएका छन् भने भक्तपुर जिल्लामा २३ जना र ललितपुर  जिल्लामा २४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ४ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौं जिल्लामा २ हजार ५५४ जना, भक्तपुर जिल्लामा ८१९ जना र ललितपुर जिल्लामा १ हजार १८५ जना सक्रिय संक्रमित रहेका छन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्