ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

‘युवासँग महालक्ष्मी लाईफ’ राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन 

२०७८ असोज, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । 

रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको हो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका सामूदायिक भवनमा एक कार्यक्रम बिच शनिवार राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । 

शंभु सिहंको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए । 

बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी, बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ ।

उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्