ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६.०३% बढ्यो, प्रतिकित्ता मूल्य २०५.७० 

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइतवार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो तुलनामा ६ दशमलव शून्य ३ प्रतिशत बढेको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २०५ दशमलव ७० पुगेको हो । यस दिन कम्पनीको ४० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर असोज ६ गतेदेखि कारोबारमा आएको हो । असोज ५ गते कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणा सम्ममूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत गराएको थियोे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्