ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साहस उर्जाको आईपीओमा मागभन्दा ५.६२ गुणा बढी आवेदन 

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ मागभन्दा ५ दशमलव ६२ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतवार अर्थात् अन्तिम दिन साँझ ५ बजे सम्ममा २४ लाख ६२ हजारभन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । 

बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणको लागि आईपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ । 

कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्