ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अनअराइभल भिसा उपलब्ध गराउने निर्णयपछि होटल व्यवसायी उत्साहित        

२०७८ असोज, १०  
समाचार
Image Not Found

असोज १०, काठमाडौं । होटल संघ नेपाल (हान) ले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको बताएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा हानले आइतवार विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टाइन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेको हो ।     
     
 सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टाइन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।

साथै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका होटल क्षेत्रका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपङ्क्तिमा रही खटिने कार्मचारी तथा कामदारबाट सेवा सुविधा उपलब्ध हुने हानले बताएको छ ।

विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण होटल व्यवसायीले पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।     
     
 मुुलुकमा पहिलो वा दोस्रो गरी करीब ४० प्रतिशतभन्दा माथि नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तरराष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिदिन पनि व्यवसायीले अनुरोध गरेका छन् ।

सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तरराष्ट्रिय पर्यटकलाई एक महीनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।  रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्