ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैना रकम फिर्ता नदिइ फरार रहेका अभियुक्त पक्राउ

२०७८ असोज, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । प्रहरीले बैना रकम फिर्ताको मुद्दामा अदालतबाट सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीलेले गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई आइतवार बानेश्वरबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ मुद्दामा अभियुक्त जोशीलाई ३३ लाख २५ हजार रुपैयाँ बिगोबापत दुई वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको महाशाखाले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्