ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जापानमा कोरोना भाइरसको संक्रमण सुध्रिदैं छ : प्रधानमन्त्री योशिहिदे

२०७८ असोज, १०  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १०, टोकियो (जापान) । जापानमा कोरोना भाइरसको संक्रमणको अवस्था सुध्रिदैं गइरहेको छ ।

त्यहाँका प्रधानमन्त्री योशिहिदे सुगाले शनिवार अमेरिकाको वाशिङ्टनमा क्वाड सम्मेलनमा सहभागी हुन गएको बेलामा यस्तो बताएका हुन् । ‘अवस्था निश्चयपनि राम्रो हुँदै गइरहेको छ ।अगामी हप्ता म एक पटक पुनःविश्लेषण गर्नेछु र विज्ञहरुको धारणा सुनेर निर्णय गर्नेछु,’ पत्रकारहरुसमक्ष उनले भनेका छन् ।

टोकियो र अन्य १८ ओटा प्रिफेक्चरमा संक्रमणका कारण लगाएको आपतकाल सेप्टेम्बर ३० मा सकिंदैछ । सरकारले आपतकाल पूर्ण रुपमा हटाउनुको औचित्यबारे पनि छलफल गरिरहेको छ । संक्रमणले स्वास्थ्योपचार प्रणालीमा परेको दबाबलगायत केही तत्वहरुको छानबिन गरेर मंगलवार निस्कर्ष तयार पार्ने उनले बताएका छन् ।

जापानमा हालैका दिनमा कोभिडका नयाँ बिरामीको संख्या घटेको छ भने घरमै स्वास्थ्यलाभ गरेर बसिरहेका बिरामीको संख्या पनि घटेको भन्दै उनले संक्रमणको अवस्था सुध्रिएको बताएका छन् ।

आपतकाल हटाउन अस्पतालमा अकुपेन्सी दर, गम्भीर बिरामीको संख्या र खोप दर आदि मापदण्डहरु निर्धारण गरिएको छ ।कोरोना भाइरसको संक्रमणको पाँचौं लहर बीच राजधानी टोकियोसमेत देशका विविध क्षेत्रमा चौथो पटक आपतकाल लगाइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्