ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोरंग व्यापार संघद्वारा नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत  

२०७८ असोज, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई स्वागत गरेको छ ।

संघका अध्यक्ष प्रकाश मून्दडाले प्रमुख जिल्ला अधिकारीसहित सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई संघमा स्वागत गर्दै संघको परिचय तथा क्रियाकलापहरु बारे अवगत गराएका थिए ।

अध्यक्ष मून्दडाले मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यको रुपमा रहेको मोरंग व्यापार संघले विगत ७० वर्षदेखि विराटनगर एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग–व्यवसाय प्रतिष्ठानहरुको हक, हित, संरक्षण, सम्वर्द्धन एवं विकासका लागि  नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको  बताए ।

 उनले विगत लामो समयदेखि  सरकार तथा जिल्ला प्रशासन कार्यालय, मोरङसँग संघले सहकार्य, समन्वय एवं सहयोग गर्दै प्रगाढ सम्बन्ध कायम राख्दै आएको बारे अवगत गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले आफूले विगत लामो समयदेखि संगालेको अनुभवका साथै स्थानीय र उद्योगी/ व्यवसायीहरुको साथ, सहयोग र मायाले मात्र मोरङ जिल्लामा आफ्नो कार्यकाल सफल हुने  बताए ।

उनले उद्योगी/ व्यवसायीहरुको हक, हित, संरक्षण, सम्वर्द्धनका लागि आवश्यक सुधारोन्मुख कार्यहरु क्रमिक रुपले अवलम्बन र कार्यान्वयन गर्दै जाने बताए ।

कार्यक्रममा महासचिव अनिल कुमार साह, संघका निर्वतमान अध्यक्ष पवन कुमार सारडा, पूर्व अध्यक्ष महेश कुमार जाजू, वरिष्ठ उपाध्यक्ष नवीन रिजालसहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्