ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पानीको स्रोत जोगाउन जुट्यो कामपा

२०७८ असोज, ११  
वाग्मती प्रदेश
NA

काठमाडौं । काठमाडाैं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनर्भरण र आकासे पानी संकलन प्रणाली निर्माण थालेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रवार नन्दी स्कुलमा आकासे पानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन् ।सोही अवसरमा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासे पानी संकलन र जमिन पुनर्भरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाइएको बताए ।

‘अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट््यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ,’ कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुंगेधारामा पानीको बहाव बढ्ने अपेक्षा उनले गरे । कामपाका वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्यांक फ्लस डाइभर्टरमा पठाइने बताए । जलाधार क्षेत्रमा भएको धुलो, कसिंगर वा अन्य फोहोरसहितको पानी यसमा भरिन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्