ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आइएमई योजनाका साप्ताहिक विजेता घोषित

२०७८ असोज, ११  
बजार
NA

काठमाडौं (अस) । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफरअन्तर्गत  पहिलो साताका विजेता सार्वजनिक गरेको छ । लक्की ड्रमार्फत गरिएको नतिजामा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् ।

कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित फेसबुक लाइभमार्फत उक्त नतिजा सार्वजनिक गरिएको थियो । विजेताले युएई र कतारबाट नेपालमा रहेका आफन्तलाई अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ र  ४८ हजार २० रुपैयाँ पठाएका थिए ।

अफरअनुसार कम्पनीले विजेता वा तिनको सिफारिसमा आफन्तलाई क्रमशः  ८३,०१४ र ९६,०४० रुपैयाँ उपहारस्वरूप प्रदान गर्नेछ । डबल डबलको डबल अफर योजना असोज १ देखि कात्तिक २६ गतेसम्म रहनेछ । अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक साता २ जनालाई पठाएको रकमको डबल (दुई गुणा) दिइनेछ ।

यस्तै, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ । आइएमई पेमा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनस दिइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्