ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोरङ शैक्षिक बहुउद्देश्यीय सहकारीको साधारणसभा

२०७८ असोज, ११  
बजार
NA

विराटनगर (अस) । मोरङ शैक्षिक बहुउद्देश्यीय सहकारी संस्थाले २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी ४९ लाख ८८ हजार ६ सय छ भने निक्षेप २ करोड ८० लाख ५० हजार १६१ रुपैया १५ पैसा पुगेको जानकारी दिइयो । ३ करोड १३ लाख ४२ हजार २९८ रुपैया ५६ पैसा ऋण लगानी गरेको सहकारीमा ४१५ शेयर सदस्य छन् ।

सहकारीको जगेडा कोषमा २० लाख ३१ हजार ७८१  रुपैया ०१ पैसा रहेको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ता सञ्जिला ढकाल न्यौपाने र उत्कृष्ट ऋणी कवितादेवी देउडालाई सम्मान गरिएको थियो । साधारणसभाले सहकारीका अध्यक्ष मेघराज श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलबहादुर बस्नेतद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पास गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्