ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दराजमा दशैं धमाका

२०७८ असोज, ११  
बजार
Image Not Found

काठमाडौं (अस) । अनलाइन बजार दराजले वार्षिकोत्सव अभियानमा दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । असोज १० देखि सुरु भएको यो अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनमा छुट पाउने कम्पनीले बताएको छ । अभियानको मुख्य आकर्षणमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत छुट, ५ हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेका छन् ।

दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकलाई हरेक दिन भौचर जित्ने मौका मिल्नेछ । अभियानको अन्य हाइलाइट  रस आवर, इमेज रिभ्यू एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्र, फलो एन्ड विन, बिक्रेता र फटाफट डिल रहेका छन् । कार्ड प्रि–पेमेन्ट छुटमा ग्राहकले डेबिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

नबिल, एनआईसी एशिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, माछापुच्छे«, बीओके र सिटिजन्स बैंकका ग्राहकले माथि उल्लिखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले एनआईसी एशिया, सन्राइज, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।

आईएमई पे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकले २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्युरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं धमाकामा सामसुङदेखि एप्पल फोनमा विशेष छुट दिइने कम्पनीले जनाएको छ । दशैं धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, फ्यानटेक, सामसुङ र रियल मीजस्ता पार्टनर ब्रान्डले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरेको कम्पनीले बताएको छ । ग्राहकले दराजको ग्लोबल कलेक्सनमार्फत भारतीय ब्रान्ड उस्त्र, इनविभ, आयिषा, जनास्याको उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्