ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भोजपुरमा बहुप्राविधिक शिक्षालय निर्माण ४० प्रतिशत सम्पन्न

२०७८ असोज, ११  
प्रदेश ०१
Image Not Found

भोजपुर (अस) । दूरदराजका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आम्बोटेमा १४ करोड लागतमा बहुप्राविधिक शिक्षालयको निर्माण थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बुवा, आमाको नाममा बन्दै गरेको ‘श्रीराम मिथिला प्राविधिक शिक्षालय’ निर्माणका लागि राष्ट्रपतिसँगै उनका परिवारले निःशुल्क जग्गा दिएका थिए । ५५ रोपनी क्षेत्रफल भित्र अहिले करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमिक भवन निर्माणको काम ४० प्रतिशत सकिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवनहरू निर्माण भइरहेको साइट इन्जिनीयर नारायण अधिकारीले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सीटीईभीटी)बाट सम्बन्धन भएको यस शिक्षालयमा तत्कालीन रूपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने बताइएको छ । आफ्नो ठाउँमा राष्ट्रपतिको पहलमा प्राविधिक शिक्षालय बनेपछि स्थानीयमा उत्साह बढेको स्थानिय सुरेन्द्र पाण्डेले बताए । ‘प्राविधिक शिक्षा लिन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो, त्यसमा पनि खर्चिलो हुने भएकाले निम्न परिवारका विद्यार्थीले पढ्न पाएका थिएनन्,’ उनले भने, ‘अब घर छेउमै प्राविधिक शिक्षालय खुल्ने भएकाले पढ्न चाहने विद्यार्थीलाई सहज भएको छ ।’ गतवर्षको फागुनदेखि निर्माण शुरुभएको शिक्षालयको समापन गर्नुपर्ने अवधि आगामी वैशाख महिनासम्म रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्