ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

२०७८ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५२३ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ५७५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ । 

कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्