ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा

२०७८ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो । शेयरको मूल्य तोकिएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क राखी शेयर खरीद गर्न कम्पनीले अनुरोध गरेको छ । 

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्