ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सोमवार बढ्यो सुन तथा चाँदीको मूल्य  

२०७८ असोज, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार स्थिर रहेको सुनको भाउ सोमवार रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ३०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ८५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । आइतवार प्रतितोला रू. १ हजार १५० मा कारोबार भएको चाँदी सोमवार रू. १० ले बढेर रू. १ हजार १६० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्