ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मानुषी लघुवित्तको शेयर डिम्याट खातामा नआउँदा दोस्रो बजारमा कारोबार हुन सकेन

२०७८ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर आज (सोमवार) देखि कारोबारमा आउनु पर्नेमा डिम्याट खातामा नआएका कारण कारोबार हुन सकेको छैन । 

कम्पनीको शेयर सिडिएस क्लियरिङ लिमिटेडमा सूचीकृत नभएकाले डिम्याटमा नदेखिएको हो । सोही कारण सोमवार कारोबारमा नआएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले जानकारी गराएको छ । 

कम्पनीले भने सिडिएस क्लियरिङ लिमिटेडमा शेयर सूचीकरणको लागि सोमवार पठाएकोले बेलुकासम्म शेयर डिम्याट खातामा आउने जानकारी दिएको छ । शेयर डिम्याट खातामा आएपछि मंगलवारदेखि नियमित कारोबारमा आउने कम्पनीले बताएको छ ।  

कम्पनीको शेयर नेप्सेमा आइतवार सूचीकृत भएको थियो । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले रू. १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ मूल्यरेञ्ज तोकेको थियो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र ७ लाख कित्ता  संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्