ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । कारोबारमा आएको चौथो दिन अर्थात् सोमवार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार ९ दशमलव ९७ प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २२६ दशमलव २० पुगेको छ ।  

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा १ लाख ९६ हजार ३४० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

कम्पनीको शेयर असोज ६ गतेदेखि कारोबारमा आएको हो । असोज ५ गते कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ मूल्य रेञ्ज तोकेको थियो । 

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता, उद्योग प्रभावित  क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियोे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्