ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा २६ हजार जना नयाँ संक्रमित थपिए  

२०७८ असोज, ११  
अन्तरराष्ट्रिय
Image Not Found

 असोज ११,  नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसका २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार जानकारी दिएको छ ।     
     
भारतमा अहिले पनि संक्रमितको सङ्ख्या २ लाख ९९ हजार ६२० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले संक्रमितको सङ्ख्या घट्दै गएको हो ।     
     
त्यसैगरी अहिलेसम्म संक्रमणमुक्त भएकाको सङ्ख्या ३ करोड २९ लाख ३१ हजार ९७२ पुगेको छ । गत आइतवारसम्ममा भारतका ५६ करोड ४४ लाख जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले बताएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ८६ करोड १० लाख डोज खोप लगाइएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्