ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२.६५% घटेर २६८५.४२ विन्दुमा नेप्से, ५ अर्ब १२ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ असोज, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६५ प्रतिशत अर्थात् ७३ दशमलव शून्य ५ अंकले घटेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ६८५ दशमलव ४२ विन्दुमा झरेको हो । यो दिन काराबोरमा आएका २२७ ओटा धितोपत्रको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयरको ६७ हजार ५८७ पटकमा रू. ५ अर्ब १२ करोड ९ लाख ७३ हजार बराबरको खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । 

कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । 

मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९३ दशमलव ७० र मैलुङ खोलाको रू. २२६ दशमलव २० पुगेको छ ।

यो दिन शेयरमूल्य सर्वाधिक घट्नेमा गुडवील फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ८३ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६७१ मा झरेको हो । 

त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री भने अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको रू. १५ करोड ४९ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

सर्वाधिक शेयर कारोबार हुने दोस्रो कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको रू. १३ करोड ५१ लाख बरावरको शेयर खरीदविक्री भएको छ । सोमवार पनि सबैभन्दा बढी वित्त समूहको परिसूचक ४ दशमलव ५३ प्रतिशत घटेको छ ।

त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव २६ प्रतिशत, ब्यापार समूहको १ दशमलव ३५ प्रतिशत, होटल एण्ड टुरिजम समूहको २ दशमलव ८ प्रतिशत, विकास बैंक समूहको ३ दशमलव ८१ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ६८ प्रतिशत,निर्जीवन बीमा समूहको ३ दशमलव ६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६१ प्रतिशत, अन्य समूहको २ दशमलव ६५ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ५७ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ८५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव शून्य ३ प्रतिशत र लगानी समूहको ३ दशमलव १ प्रतिशत घटेको हो । 

पछिल्लो समय परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । दिनानु दिन बजार घटेसँगै क्रेता र विक्रेता पर्ख र हेरको अवस्थामा रहँदा कारोबारमा रकम घटेको देखिन्छ । 

यसो त अब लाभांश सिजन शुरु भइसकेको छ । कम्पनीहरुले लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेको छन् । कम्पनीले विगतमा प्रदान गर्दै आएका कम्पनीमा लगानी गरेमा अल्पकालिन भन्दा पनि दीर्घकालिन राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्