ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ११ ओटा देशका राजदूत पोखरामा 

२०७८ असोज, ११  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, कास्की । विभिन्न देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधिहरु पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एक दर्जन देशका राजदूत सहितका अन्तरराष्ट्रिय नियोगका प्रतिनिधि पोखरा आएका हुन् ।

पोखरा विमानस्थलमा राजदूत सहतिको टोलीलाइ गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरेका थिए ।

यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा आएका हुन् । ४९औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि सहित २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् 

पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुई दिन पोखरामा रहेर पोखराका पर्यटकीय गतिविधिमा सहभागी गराइने छ । कोरोनाले ठप्प बनेको पोखराको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेकाले निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन उच्च कुटनीतिक निकायका पदाधिकारीलाई निम्तो दिइएको बताइएको छ ।

कोरोनाले थला परेको पर्यटन उद्योगलाई उर्जा दिइ आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशका राजदूतलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उनले पोखराका पर्यटकीय स्थलहरु खुला छन् भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहेन बताए ।

५० प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएशन (रेवान) ले सोमवार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनि सडक महोत्सवको आयोजना गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्