ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यस वर्ष मनसुन ढिला बाहिरिने

२०७८ असोज, १३  
विविध
NA

काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । मनसुन बाहिरिन पश्चिमबाट पूर्वतिर हावा बहन र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्छ । तर अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए ।     

उनका अनुसार अब ठूलो वर्षाको सम्भावना भने छैन । यस वर्ष मनसुन गएको जेठ २८ गते (जुन १३) नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने बताइएको छ । ‘गुलाब’ नामक शक्तिशाली चक्रवात सोमवारदेखि भारतको उडिसाको जमीनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा केही दिन आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको औंल्याइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्