ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२ महीनामा ४० अर्ब राजस्व संकलन

२०७८ असोज, १४  
प्रदेश ०२
NA

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को असोज पहिलो हप्तासम्ममा ४० अर्ब ६५ करोड राजस्व संकलन भएको छ । चालू आवमा १ खर्ब ९८ करोड १८ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको २० पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

चालू आवको गत साउन र भदौ महीनामा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा करीब ५ अर्ब बढी अर्थात् ३२ अर्ब ५३ करोड राजस्व संकलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करीब १८ प्रतिशत बढी हो ।    

गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । त्यसबेला १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकोमा १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारीसाधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेसिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करीब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करीब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्