ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

२०७८ असोज, १८  
वाग्मती प्रदेश
Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पश्चिम चितवनमा व्यावसायिक कृषि विस्तार भएसँगै कृषि पर्यटनको सम्भावना समेत बढ्दै गएको छ । यस क्षेत्रमा ड्रागन फ्रुट खेती, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढाएको हो । हाल भरतपुर महानगरपालिका–२४ जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरुंगा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यको रूपमा विकास भइरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ ।

फार्ममा ग्रीन हाउस, थोपा सिँचाइ, कार्य व्यवस्थापन भवन तथा तालीम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानको व्यवस्था गरिएको छ । ६२ बिघा जग्गामा लगाइएको तरकारीखेतीले अहिले फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गएको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त फार्मलाई कृषि पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न सकिने उनको भनाइ छ । आफूहरू अहिले पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माणमा जुटिरहेको मल्लले बताए । १० कठ्ठा जमीनमा निर्माण गरिएको होमस्टेसँगै पर्यटकलाई खेतीबारे समष्टि जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको उनको भनाइ छ । ९६ जना स्थानीय किसान उक्त फार्ममा आबद्ध छन् ।

यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरुङ र उनका भाइ ताइबहादुर गुरुङले ड्रागन फ्रुट खेती थालेका छन् । गुरुङ दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा ड्रागन पु्रmटको खेती र यसको नर्सरी सञ्चालन गरेका छन्, जसकारण उनीहरूको फार्म आन्तरिक पर्यटकमाझ परिचित बन्दै गएको छ । २०६० सालदेखि भरतपुर–२५ शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भुसाल बहुवर्षीय फलफूलखेती अन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ ।

भरतपुर–२५ अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि ‘नोबेल एग्रिकल्चर फार्म’ दर्ता गरेर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । साथै डेढ वर्षअघि बायोफ्लक्स प्रविधिमा माछापालन शुरू गरेका छन् । ३५ बिघा क्षेत्रफल रहेका चारओटा पोखरीमा उनले माछापालन गरेका हुन् । सो प्रविधिबाट माछापालन गरिएको उनको फार्म कृषि पर्यटनको  गन्तव्य बन्दै गएको छ । भरतपुर–२५ अमृतनगर जनज्योति टोलका १९ जना युवा सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन उनीहरू ‘युवा आधुनिक कृषि सामूहिक खेती’ समूह गठन गरेर कृषिमा लागेका हुन् । ८० बिघा जमिनमा उनीहरूले सामूहिक खेती थालेका छन् ।

पश्चिम चितवनका कृषकले माछापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन् । भरतपुर–२० शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ । २०४२ देखि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यो समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ ।

चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ भूपालनाथ कँडेलले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पश्चिम चितवनका शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायत क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा समेत परिचित छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्