ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एउटा मात्र गोल्ड इटीएफ पनि बन्द

२०७८ असोज, १८  
१० वर्ष अघि
NA

एस डेभलपमेन्ट बैंकले सञ्चालन गरेको गोल्ड इटीएफ (एक्सचेन्ज ट्रेडेड फन्ड) बन्द भएको छ । विगत केही समयदेखि योजनाअन्तर्गत नयाँ कारोबार नभएपछि यो बन्द हुन पुगेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात निर्यात तथा थोक कारोबारसहितको निर्देशिका कारण गोल्ड ईटीएफको कारोबार बन्द गर्नुपरेको एस बैंकका मर्चेन्ट बैंकिङ तथा वित्त विभाग प्रमुख प्रमोद पाण्डेयले अभियानलाई बताए ।

बैंकले ३ वर्ष पहिले नेपालमै पहिलोपटक गोल्ड इटीएफ सुरु गरी बैंकिङ उद्योगमा डेरिभेटिभ उपकरणको कारोबार भित्र्याएको थियो ।  सुरुदेखि अहिलेसम्म बैंकबाट झन्डै ७ सय जनाले सुनका विभिन्न सम्झौता गरेका छन् । आर्थिक वर्ष ०६६/६७ को दोस्रो त्रैमासिकसम्ममा सुनचाँदीको आयात अत्यधिक भएका कारण व्यापार घाटा झन्डै ६० प्रतिशतले बढेको थियो । घाटा बढेका कारण भुक्तानी नकारात्मक भएपछि त्यसमा सुधार गर्ने भन्दै राष्ट्र बैंकले सुन आयातमा कडाइ  गर्न निर्देशन दिएको थियो । जसअनुसार राष्ट्र बैंकबाट अनुमति लिएका बैंक तथा सुनचाँदी व्यवसायी सङ्घका सदस्यहरुबाहेक अरूले सुनको भौतिक कारोबार गर्न पाउँदैनन् । नयाँ निर्देशिका अनुसार एस डेभलपमेन्ट बैंकले सुनको कारोबार गर्न नमिल्ने भएकाले आफूहरू कारोबार बन्द गर्नुपर्ने अवस्थामा पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेको भनाइ छ । नेपालमा पहिलोपटक गोल्ड इटीएफ सञ्चालन गरेर सुनलाई लगानीको साधनका रूपमा सर्वसाधारणसमक्ष परिचित गराउने प्रयास गरे पनि केन्द्रीय बैंकको नीतिको सिकार हुन परेको पाण्डे बताउँछन् ।

वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्