ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अख्तियारद्वारा नासु चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ असोज, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नासु उमेश कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले निजलाई  सेवाग्राहीबाट नागरिकताको प्रतिलिपि बनाइदिने बाहनामा ८ हजार ५०० रुपैयाँ घूस लिइसकेको अवस्थामा  गत भदौ २२ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा जन्म मिति सच्याई नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको पुष्टि भएको भन्दै अख्तियारले मागदावी लिएर निज चौधरी विरुद्ध सोमवार विशेष अदालत,काठमाडौंमा मुद्दा दायर गरेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्