ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सेज र निफ्रा बीच समझदारी पत्रमा हस्ताक्षर

२०७८ असोज, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १८, काठमाडौं । सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) बीच सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 उक्त समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र  विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बताइएको छ । 

उक्त सम्झौतामा सेजको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।उक्त अवसरमा उद्योग सचिव अर्जुन प्रसाद पोखरेल तथा निफ्राका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्