ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतीय केरा आयातमा रोक लगाउन उत्पादक संघको माग

२०७८ असोज, १८  
वाग्मती प्रदेश
Image Not Found

असोज १८, चितवन । चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जानकारी दिएको हो ।

भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । 

संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको जानकारी दिइएको छ ।

देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरीद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लागउन हामी माग गर्दछौ ।’

नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले जनाइएको छ । 

नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ ।

भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा जानाइएको छ ।

चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् । जिल्लामा तीन हजार ५० विघा जमिनमा केराखेती हुँदै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्