ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यो वर्ष चिकित्साशास्त्रको नोबेल पुरस्कार जुलियस र पाटापोटियनलाई  

२०७८ असोज, १८  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १८, काठमाडौं । नोबेल एसेम्बलीले यस वर्षको शरिर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरेको छ ।

सोमवार आयोजित विशेष कार्यक्रममा एसेम्बलीले उनीहरुलाई नाबेल पुरस्कार दिने घोषणा गरेको हो । डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् ।

 हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका हुन्।

‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण छ । हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त ? यो प्रश्नको उत्तर यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’, नोबेल एसेम्बलीले भनेको छ ।

उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ । नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले यो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोजू भएको बताएका छन्।पुरस्कृत दुवै जनाले १ करोड स्वीडीश क्रोनर प्राप्त गर्नेछन् । एजेन्सीहरुको सहयोगमा


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्