ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रुकुम पश्चिमको ग्रामीण क्षेत्रका सवारी साधनमा नयाँ भाडादर कायम

२०७८ असोज, १८  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज १८, रुकुम । रुकुम पश्चिममा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ । रुकुम पश्चिमका आन्तरिक रुटमा सञ्चालन हुने  सवारी साधनको नयाँ भाडा कायम गरिएको छ । 

शुक्रवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले रुकुम पश्चिमका ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनहरुको नयाँ भाडादर कायम गरेको हो ।

२०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडा अनुसार रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा सञ्चालन गरिने यातायातका साधनको  भाडादर  समायोजन गरिएको  छ । यसअघि जिल्ला यातायात व्यवस्थापन समितिले गत वर्षको माघ ११ गते भाडादर समायोजन गरिएको थियो । 

इन्धनमा भएको मुल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

जसमा  ‘क’ वर्गमा सञ्चालित सवारी साधन वसको लागि प्रति किलोमिटर ४ रुपैयाँ ५० पैसा, जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाग गैह्रेले जानकारी दिएका छन् । 

उनका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । त्यस्तै ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको छ यातायात व्यवस्थापन समितिका अध्यक्ष गैह्रेले जनाए । 

रुकुम पश्चिम जिल्लामा ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिइएको छैन । यसअघि गत वर्षको माघमा भाडा समायोजना गरिएको भएपनि उक्त भाडादर अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन् । अहिले त्यसमा ५० पैंसा मात्र वृद्धि भएको छ । 

अघिल्लो वर्ष नै समायोजन गरिएको  भाडादर पूर्ण रुपमा कार्यन्वयन नहुँदै  नयाँ भाडादर कार्यान्वयन हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । स्थानीय रमेश खड्काले भने, ‘गतवर्षकै भाडादर कार्यन्वयन भएको छैनन्, यस पटक निर्धारण गरेको भाडादर पनि लागू हुनेमा उनले शंका व्यक्त गरेका छन् । 

नेपाल सरकारले  सवारी साधनमा २८ प्रतिशत भाडा बढाएकोले अहिले रुकम पश्चिममा पनि नयाँ भाडादर समायोजन गरिएको जानकारी दिइएको छ । नयाँ भाडादर सबै टिकट काउन्टर र सवारी साधनहरुमा यात्रुहरुले  प्रस्ट देखिने गरी राख्ने निर्णय गरेको छ ।

यातायात व्यवसायीले यात्रुको नाम, ठेगाना, प्रस्ट हुने गरि टिकट काटेर मात्र सवारी साधन सञ्चालन गर्न पाउने छन् । यसका साथै चाडपर्वलाई लक्षित गर्दै मुसीकोटको खलंगा र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको छ । 

समितिले तोकिएको भन्दा बढी भाडा नलिन र लिएको पाईएमा कारवाही हुने चेतावनी समेत दिएको छ । यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ । 

तोकिएको भाडादर भन्दा वढी लिएमा नजिकैको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रशासन कार्यालयका साथै प्रमुख जिल्ला अधिकारीलाई समेत वढी भाडा लिने सवारी साधन नम्बर सहित खबर गरेमा तुरुन्तै कारबाही हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्