ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लोअर इर्खुवा हाइड्रोपावरको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

२०७८ असोज, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात् १४ लाख किता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

शेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षरगरेका छन् ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड रुपैयाँ, जारीपूँजी ७० करोड रुपैयाँ र चुक्तापूँजी ४९ करोड रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्कासन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुग्नेछ । 

 कम्पनीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिचो गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्