ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खसीबोकाले उचित मूल्य नपाएको कृषकको गुनासो

२०७८ असोज, १८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

असोज १८, धरान । लामो समयपछि सञ्चालनमा आएको कृषि बजारको पशु बजारमा कोशी पहाडी क्षेत्रबाट ल्याइएका खसी बोकाले उचित मूल्य नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

करीब दुई वर्ष कोरोना संक्रमणका कारण आर्थिक अवस्था समेत दयनीय बनेका कृषकहरु खसी बोका पालेर विक्री गरेको रकमले दशैँ मजाले मनाउने अपेक्षा लिएर आएका थिए । 

कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत सुनसरी र मोरङका कृषकले खसी बोका विक्रीका लागि ल्याएका छन् । तर भनेजति मूल्य नहालेपछि धेरैजसो कृषकले खसीबोका विक्री नगरी फेरि घरतिरै फिर्ता लगेका छन् ।

खसीबोका बेच्नकै लागि ७०/८० किलोमिटर लामो दूरी बसयात्रा तय गरेर धरानको कृषिबजार आइपुगेका तेह्रथुम फेदापका केसर घिसिङले खसीको भाउ कृषि बजारमा गाउँभन्दा कम भएको गुनासो पोखे । उनले भने, ‘दलालहरुले कम मूल्यमा खरीद गर्न खोज्ने र उपभोक्तासँग सिधै सम्पर्क हुन कठिन हुने भएकोले पनि आफूहरुले बजार भाउ नपाएको गुनासो पोखे ।

५ ओटा खसी लिएर आएका उनले तेह्रथुममै प्रति केजी जिउँदो खसी ६०० रुपैयाँमा विक्री भएपनि यहाँ ५५० रुपैयाँभन्दा बढी कसैले नहालेको गुनासो गरे । उनले भने, ‘आउँदा जाँदाको गाडीभाडा जोड्दा र बाटोमा गाडीमा ल्याउदा तौल समेत घट्दा यहा बेच्दा केही फाइदा देखिएन, अब गाउँमै लगेर बेच्ने हो ।’

त्यस्तै खाँदबारी संखुवासभाका नविन श्रेष्ठले पनि मूल्य तोकेर विक्रीका लागि ल्याएको हो त्यो अनुसारको भाउ नपाइएको बताए । उनी भन्छन्, ‘नाम अनुसारको बजारले काम नगरेको पाइयो, नाम कृषि बजार छ, फाइदाचाहिँ व्यापारीलाई छ ।’ असोजको पहिला हप्तादेखि धरानस्थित कृषि बजार खुला गरिएपछि खसीबोका विक्रीका लागि ल्याउन थालेका छन् । तर कृषकले सोचेजस्तो मूल्य नपाएपछि निराश भएर फर्कने गरेका छन् ।  

यता व्यापारी पनि दशैँका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी देखिएका छन् । उनीहरु समेत खसी बोका विक्रीबाट विगतको जस्तो फाइदा नभएको बताउँछन् । व्यापारीहरु भने कृषकले आफ्नो भाउ नछोड्दा खरीद गरेर लगेको खसी बोकाबाट फाइदा नभएको बताउँछन् ।

तर कृषि उपज बजारको तथ्यांकले भने खसी बोका कारोबारमा विगतको भन्दा कम भएपनि कारोबार नै ठप्प भने नभएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको दुई हप्तामै तीन करोड बराबरको विक्री भएको छ ।

उनले यो अवधिमा ४ हजार खसीबोकाको कारोबार भएको जानकारी दिए । उनले यो बजारमा जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए ।

अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । कोरोनाकै कारण अर्थतन्त्रमा समेत प्रभाव पारेकाले विगतको जस्तो कारोकार हुन नसकेको कृषि बजारले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्